दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा रोक

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान रोक लगाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले उनीहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाएको हो ।

कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरुलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले लिखित निर्देशन दिएको छ ।

केन्द्रले २०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुरुप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरु र सातवटै प्रदशेका मुख्यमन्त्रीको कार्यालयलाई परिपत्र गरेको बताइएको छ ।

अब सरकारी कोष वा सरकारलाई दातृ निकाय तथा देशबाट कार्यालयको कामसँग सम्बन्धित सरकारी कर्मचारीहरुका लागि प्राप्त विदेश भ्रमणसम्बन्धी कोटामा मन्त्री, राज्यमन्त्रीले नियुक्त गरेका सल्लाहकार, स्वकीय सचिव जान नपाउने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : ०१ बजे