दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मोटरसाइकललाई कारले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । चितवनमा मोटरसाइकललाई कारले ठक्कर दिँदा  एक जनाको मृत्यु भएको छ। 

बिहीबार बेलुका करिब साढे ८ बजे भरतपुर महानगरपालिका–७ स्थित क्यान्सर अस्पतालको १ नम्बर गेट नजिक कारको ठक्करबाट एक जनाको मृत्यु भएको हो।

टाइगर चोकबाट बुद्धचोकतर्फ जाँदै गरेको बा प्र ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बीएबी २८७५ नम्बरको कारले ठक्कर दिएको थियो। 

दुर्घटनामा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–६, रामराज्यपुरका ३४ वर्षीय कुलप्रसाद सापकोटा घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएकोमा बेलुका पौने ९ बजे उनको मृत्यु भएको हो।

दुवै सवारीसाधन र कार चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ४९ वर्षीय मेघराज सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : १८ बजे