सुनको मूल्यमा नयाँ कीर्तिमान

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य  

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज सबैभन्दा सस्तो लोकल गोलभेँडा रहेको छ । आज लोकल गोलभेँडा प्रतिकेजी १५ रुपैयाँमा किनबेच भइरहेको छ । 

यस्तै, नेपाली ठुलो गोलभेँडा ४०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु २९ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

समितिले लोकल गाजरको मूल्य प्रतिकेजी ३५ रुपैयाँ , लोकल बन्दा २५, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ५०, डल्लो हरियो फर्सी ४० रुपैयाँ तोकेको छ । यस्तै, तोरीको साग ४०, रायोको साग ३०, चमसुर, पालुङ्गो, मेथी, साफको साग र जिरीको साग ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनियाँ ८० रुपैयाँ पाइने सितले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ४९ बजे