काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा शुभकामना दिनुभएको छ ।
पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ,’शुभ बिहानी ! नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछु । पृथ्वी जयन्तीको सबैमा शुभकामना !’
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार ८ : २३ बजे
प्रतिक्रिया