दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भिजिट भिसालाई थप सहजीकरण र व्यवस्थित गरिने

काठमाडौं – सरकारले भिजिट भिसालाई थप सहजीकरण र व्यवस्थित गर्ने भएको छ।

बिहीबार गृहमन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने नीति अवलम्बन गर्न सहमति जुटेको हो।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रममन्त्री शरतसिंह भण्डारी र विभिन्न मन्त्रालयका सचिवहरूबीच भएको छलफलले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गर्ने विषयमा सहमति जुटाएको छ ।

भिजिट भिसाको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन बमोजिम नयाँ निर्णय गरिने गृह मन्त्रालयले जनाएको छ। बैठकले प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न अध्यागमन विभागलाई निर्देशन समेत दिएको छ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ९ : २३ बजे