दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चोरी गरेरै अकुत सम्पत्ति जम्मा गर्ने दुईजना पक्राउ

काठमाडौँ – चोरी गरेर अकुत सम्पत्ति जम्मा गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहिबार ललितपुर प्रहरीले चोरेर बैंकमा अकुत सम्पत्ति जम्मा गर्ने मकवानपुर इन्द्रसरोवर गाउँपलिका २ कुलेखानीका रामकृष्ण लोप्चन र वीरबहादुर वाइबालाई सार्वजनिक गरेको हो ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीकाअनुसार लगभग १६ लाख चोरी भएको 'केस'मा पक्राउ परेका २ जनाको अनुसन्धान गर्दा बैंक खातामा ३४ लाख ७७ हजार ६३० रुपैयाँ फेला परेको बताएका छन् ।

कार्तिक २७ गते दिउँसो ललितपुर महानरपालिका– १५ दीपावली मार्गका चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

 प्रहरीले उनीहरूलाई बयान गराउँदा चोरी गरेर उक्त रकम बैंकमा जम्मा गरेको स्वीकारेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ७ : २७ बजे