‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेकाे कपडा बरामद

नवलपरासी । दुई लाख बढीको अवैध कपडा बरामद नवलपरासी,पश्चिम प्रहरीले भन्सार छली ल्याएको दुई लाख ६ हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । 

भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याएको उक्त अवैध कपडा प्रहरीले बरामद गरेको हो । 

पाल्हिनन्दन गाउँपालिका वडा नं. १ बड्की सुनरी हुँदै भारतबाट नेपाल तर्फ ल्याइरहेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लत्ता कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ३ : ४६ बजे