‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थमन विक हत्यामा जन्मकैद सजाय पाएका माेहन ठाकुर जेल चलान

महोत्तरी । मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरी असई थमन वि.क. हत्या मुद्दामा जन्मकैद सजाय पाएका महोत्तरीको जलेश्वर नगरपालिका-९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ ।

लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा प्रहरीले सोही ठाउँबाट उनलाई पुनः पक्राउ गरि  थुनामा पठाएको हो । 

थमन वि.क.हत्यामा दोषी करार भई जन्मकैद सजाय पाएका उनलाई महोत्तरी जिल्ला अदालतमा बुझाएपछि जिल्ला अदालत महोत्तरीबाट सजाय भुक्तानी गर्न जलेश्वर कारागारमा बुझाएको छ ।

उनलाई  गत मङ्सिर २८ गतेको जिल्ला अदालत महोत्तरीको फैसलाले दोषी करार गरेको थियो । लेनदेन मुद्दाको भुक्तान गरी छुटेका उनलाई महोत्तरी जिल्ला अदालतले गरेको थमन विक हत्याको फैसलाको आधारमा पुन पक्राउ गरी थुनामा पठाइएको हो । उनलाई  गत पौष १३ गते जलेश्वर कारागार चलान गरिएको हो । उनको सजाय भने पौष १२ गते देखि गणना हुने छ । यो  मुद्दामा पहिलो पटक पक्राउ परि पुर्पक्षमा उनले २ महिना २५ दिन कारागारमा बसिसकेकोमा उनको २० वर्षको सजायबाट सोही समय कट्टा भई उनले थप १९ वर्ष ९ महिना ५ दिन सजाय भुक्तान गर्नु पर्ने हुन्छ ।

 

यही मुद्दामा पहिले देखि नै पुर्पक्षमा रहेका प्रदीप साह माझी र संजय कुमार साहलाई जन्मकैदको कुल बिस वर्ष सजाय मध्ये हालसम्म कारागारमा बसेको समय कट्टा गरि थप सजाय काट्नु पर्ने हुन्छ ।

 

२०७२ सालको मधेश आन्दोलनको समय हत्या गरिएका सशस्त्र प्रहरी असई थमन वि.क.को हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले गत मङ्सिर २८ गते फैसला सुनाउँदै प्रदीप साह माझी र संजय कुमार साह,मोहन ठाकुर सहित पूर्व राज्यमन्त्री तथा लोसपाको संसदीय दलका नेता अभिराम शर्मा,जलेश्वर अस्पतालका पूर्व अध्यक्ष सुरेश पाण्डेय र धर्मेन्द्र राय,जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र साहा  लगायत सात जनालाई जन्मकैद फैसला सुनाएको थियो ।

उनीहरुलाई आगजनी मुद्दामा थप ६ महिना कैद र १० लाख क्षतिपूर्ति समेत तिर्नु पर्ने फैसला अदालतको छ  । 

मधेश आन्दोलनको क्रममा २०७२ साल भाद्र २५ गते बिहान जलेश्वरमा केही व्यक्तिहरूले सशस्त्र असई थमन विकलाई कुटपिट गरि घाइते बनाएकोमा उहाँको उद्धार गरि जलेश्वर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारको लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउँपालिकाको सोनुषडामा एम्बुलेन्स रोकी एम्बुलेन्सबाट थुतेर सोही ठाउँ स्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ३ : ३० बजे