सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य घट्यो

काठमाडौँ ।  आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १२ : ०० बजे