दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रामबहादुर बमजनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदै

काठमाडौँ । प्रहरीले रामबहादुर बमजन भन्ने रामलाल बमजनलाई सर्लाही लगेको  । बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने जनाइएको छ । 

विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार राति कडा सुरक्षाका बीच सडक मार्ग हुँदै सर्लाही पुर्‍याइएको हो । 

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलवार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले पक्राउ गरेको थियो । निजको साथबाट ३० लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको थियो ।

निज विरुद्ध यौन सन्तुष्टि प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो । विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो । 

साथै अवैधरुपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको छन् भन्ने सूचनाका आधारमा बम्जनको खोजतलास गरी पक्राउ गर्न अनुमति प्राप्त भएको सिआईबीले जानकारी दिएको छ । लामो समयको खोजतलासपछि काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई मङ्गलवार साँझ पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : ३१ बजे