दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

क्रिकेटर लामिछाने राष्ट्रिय टिमबाट अलग 

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएका छन् ।

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा बुधवार ८ वर्ष कैद सजायको अन्तिम फैसला गरेसँगै उनले बुधवार नै क्यानलाई एक पत्र लेखेर राष्ट्रिय टिमबाट अलग भएको जानकारी दिएका हुन ।

जिल्ला अदालतले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो भने  बुधवार उनलाई ८ वर्ष कैद सजाय र ३ लाख जरिवाना तथा २ लाख  क्षतिपूर्ति भराउने आदेश भएको थियो ।

उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र लेखेर यसबारे जानकारी दिएको भनिए पनि यसबारे क्यानले हालसम्म औपचारिक जानकारी दिएको छैन । क्यानका अध्यक्ष चन्दले यो विषयमा आजै प्रेस रिलिजमार्फत जानकारी दिने बताउनुभयो ।

क्यानलाई लेखेको पत्रमा सन्दीपले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भए पनि न्यायका लागि माथिल्लो अदालतमा जाने उल्लेख गरेको बताइएको छ ।

 

 

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : ०० बजे