दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशित गरिँदै

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशित गरिने भएको छ । 

राष्ट्रियसभाको १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराउनुभएको थियो । उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ सकिएसँगै आजै उम्मेदवारको नामावली प्रकाशन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, पुस २७ गते शुक्रवार उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्य तालिका रहेको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशमा एक/ एक मतदान स्थल र दुई /दुई मतदान केन्द्र कायम गरिएको छ । 

मतदान माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुने आयोगले जनाएको छ । ।  

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ७ : ५६ बजे