बाँके। लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ ।
प्रदेश सरकारले सिकलसेलका बिरामीलाई उपचारमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिनुभयो ।
प्रदेश सरकारले बुधवार बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो ।
प्रदेशका स्वास्थ्य मन्त्री खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गर्दै बीमा कार्यक्रमको सुरुवात गर्नुभयो ।
लुम्बिनी प्रदेशका थारु समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा वंशाणुगत सिकलसेल र थालेसिमिया रोगको समस्या देखिने गरेको पाइएको छ ।
प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार ७ : ४६ बजे
प्रतिक्रिया