युवा संघले गर्यो मानव कल्याण समाजलाई सहयोग

भक्तपुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मानव कल्याण समाज (सेवा घर) लाई सहयोग गरेको छ ।

युवा संघको केन्द्रीय समाजिक सेवा विभागले बुधबार मानव कल्याण समाज (सेवा घर) को कार्यालय भक्तपुरको झौखेल पुगेर खाद्यान्न र न्यानो कपडा सहयोग गरेको हो ।

समाजद्वारा सञ्जालित वृद्धाश्रमलाई रासन र न्यानो कपडा वितरण गरिएको युवा संघले जनाएको छ । सहयोग वितरणका लागि युवा संघका अध्यक्ष क्षितिज थेवेसहितको टोली समाजको कार्यालय पुगेको थियो ।

समाजले सडकमा बस्न बाध्य मानवहरूको उद्धार र सेवा गर्दै आइरहेको छ । सोह िकारण युवा संघले सहयोग गरेको हो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : २२ बजे