साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भेरी अस्पताल : १८३ जनाको परीक्षण गर्दा १२७ जना संक्रमित

 

काठमाडौँ ।  नेपालगन्जस्थित भेरी अस्पताल गत २४ घण्टामा १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित रहेको पाइएको छ  ।  अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै उक्त जानकारी दिनुभएको हो । 

कोरोनाको महामारी सुरु भएयता अस्पतालमा एकदिनमै यति धेरै संक्रमित भेटिएको पहिलोपटक हो । यत्तिधेरै संखयामा पोजेटिभ देखुनुलाई विज्ञहरुले कोरोना समुदायमा फैलिएको संकेतको रुपमा इंकित गर्ने बताउछन् ।  

अस्पतालले गम्भीर प्रकारका बिरामीहरुको संख्या यही अनुपातमा बढ्न नदिनका लागि सुरक्षाका मापदण्डहरुको पालना गर्नका लागि आग्रह गरेको छ । विगत केही दिन यता भारतसँग सीमा जोडिएका जिल्लाका साथै देशकै राजधानीलगायत विभिन्न १४ जिल्लामा संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयले बताइसकेको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ३ : १३ बजे