दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, केहीबेरमा सजाय तोकिने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ ।

बलात्कार आरोपमा दोषी ठहर भएका लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सजाय निर्धारणका लागि भएको बहस सकिएको हो ।

अबको केहीबेरमै लामिछानेमाथि सजाय तोकिनेछ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।

जाहेरवालापक्षले अधिकतम तथा सन्दीपका वकिल पक्षले न्यूनतम सजाय माग गर्दै बहस गरिरहेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : १४ बजे