काठमाडौं । तपस्वी भनिने रामबहादुर बम्जनले पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको खुलासा भएको छ ।
बलात्कार र हत्या आरोप लागेका बम्जनले पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद प्रक्रिया अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार बम्जनबारे पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
बम्जनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न तीन करोड रुपैयाँ नगद भुक्तानी गरेको सीआईबीले खुलासा गरेको छ ।
हाल बम्जनले सेतो रंगको टोयटा गाडी र चारवटा मोटरसाइकल प्रयोग गर्ने गरेको सीआईबीले जनाएको छ ।
प्रकाशित मिति : २५ पुस २०८०, बुधबार २ : २० बजे
प्रतिक्रिया