राष्ट्रपति भवनमा घटस्थापना

सन्दीपलाई सजाय निर्धारण गर्न बहस जारी

काठमाडौँ । नाबालिग बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय दिइनुपूर्व अहिले बहस भइरहेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भइरहेको बहस सकिएपछि न्यायाधीश ढकालले लामिछानेलाई हुने सजाय तोक्नुहुनेछ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवाला पक्षले अधिकतम र सन्दीपका वकिलले न्युनतम सजाय माग गर्दै बहस गरिरहेका छन्।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १ : ५२ बजे