काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मङ्गलवार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ११ : ३२ बजे
प्रतिक्रिया