दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ हुँदै

काठमाडौँ ।  आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारविरुद्ध परेका दाबी विरोध र उजुरीमाथि छानबिन हुँदै छ। 

राष्ट्रियसभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ।  । उनीहरू विरुद्ध परेको उजुरीको आज र भोलि (बिहीबार) जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्य तालिका छ ।

यही, पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक र एक मतदान स्थल र दुई र दुई मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ०० बजे