‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बम्जनको घरबाट ३ करोड ३ लाख रुपैयाँ र १५ वटा मोबाइल बरामद

काठमाडौँ । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३ लाख नेपाली रुपैयाँ फेला पारेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बम्जनको बुढानीलकण्ठस्थित घरमा छापामार्दा ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको हो ।

प्रहरीले उनको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभ समेत बरामद गरेको छ।

प्रहरीले मङ्गलवार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए। बम्जनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ४८ बजे