दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर लामिछानेलाई आज सजाय सुनाइँदै

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय तोकिने भएको छ । 

जिल्ला अदालत काठमाडौँले लामिछानेलाई आज बलात्कार कसुरमा कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्न लागेको हो।

यही पुस १३ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाउनुभएको थियो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्न सोही आजको लागि पेसी तोकिएको थियो।

तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : २२ बजे