‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

१ सय ८६ कार्टुन अवैध चाइनिज मदिरा प्रहरी नियन्त्रणमा 

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले १ सय ८६ कार्टुन अवैध चाइनिज मदिरा झिनी नियन्त्रणमा लिएको छ । सोमबार साँझ साढे ८ बजे सिमकोट गाउँपालिका वडा नम्बर ४ को स्याप्नेमा तल्लो भेग क्षेत्रतर्फ लैजाँदै गरेको ३१ वटा खच्चडमा बोकेको चाइनिज अवैध मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनु भएको छ ।

सोमबार साँझ मदिरा लिने क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले भेटाएपछि खच्चड सहित सात जना खच्चड वालालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । उहाँका अनुसार हिजोबाट नियन्त्रणमा लिएका खच्चडवाला व्यक्ति र ३१ वटा खच्चडलाई आज छोडिएको छ ।

तर उनीहरूलाई आवश्यकता अनुसार जतिवबेला पनि जिल्ला प्रहरी कार्यालय हुम्लामा उपस्थिति हुने गरेर छोडिएको प्रहरी निरीक्षक चन्दको भनाई रहेको छ । २ हजार २ सय ३२ वटा बोतलको करिब ११ लाख १६ हजार रुपियाँ मूल्य बरावरको चाइनिज मदिरा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको मदिरा हाल सुरक्षित रूपमा राखेको र उक्त विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गरी सकेको बताइएको छ । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २१ बजे