‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विद्यालय तोडफोड गरी १० लाख बराबरको सामान चोरी

काभ्रेपलान्चोक। काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर २ मा रहेको अरुणोदय माध्यमिक विद्यालय र कालीदेवी प्राथमिकता विद्यालयमा गए राति चोरी भएको छ ।

 

कालीदेवी प्राथमिक विद्यालयको झ्याल, ढोका र दराज फुटाइएर एक थान ल्यापटप, विद्यार्थी पोसाकको कपडा लगायतका सामग्री  चोरी भएको प्रधानाध्यापक बुद्ध तामाङले जानकारी दिनुभयो। प्रधानाध्यापकका अनुसार प्रहरीले घटना स्थलको अवलोकन गरी थप अनुसन्धान कार्य अघि बढाइरहेको छ ।

 

त्यस्तै भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले विद्यालयको केही स्मार्ट बोर्डमा समेत तोडफोड भएको र करिब १० लाख बराबरको क्षति भएको बताउनुभयो ।

 

घटनाको मुचुल्का गरी प्रहरीले थप अनुसन्धान गरिरहेको अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : १० बजे