राष्ट्रपति भवनमा घटस्थापना

पर्सा प्रहरीले जिउँदै चार हजार चल्ला जलायाे

काठमाडौं । पर्सा प्रहरीले सोमबार राति करिब चार हजार चल्लालाई जलाएर नष्ट गरेको छ । 

भारतबाट तस्करी भएको भन्दै ब्रोइलर र कोइलर जातको कुखुराका जिउँदा चल्लालाई पर्सा प्रहरीले जलाएर नष्ट गरेको हो ।

सोमबार राति जिउँदै जलाइएको भारतीय ब्रोइलर कुखुराको चल्ला पर्साबाट बरामद गरिएको थियो । 

गत राति दुई बजेको समयमा वीरगन्ज महानगरपालिका २१ डकैला बहुअरीबाट ३ हजार ८ सय चल्ला नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

‘भारतबाट बीआर ०५ डी ९७२५,बीआर ०५ क्यु ३२६५ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले ३ हजार ८ सय भारतीय कुखुराको चल्ला बरामद गरेको चल्लालाई पशु क्वारेन्टाइन चेक पोस्ट सिर्सियामार्फत वीरगन्ज–१९ तिलावे खोलाको बगरमा लगी नष्ट गरिएको हो’, उनले विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : २४ बजे