राष्ट्रपति भवनमा घटस्थापना

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बुबा बनेर नागरिकता दिलाएको खुलासा

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बुबा बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।

उनले एकजना युवतीलाई नक्कली बुबा बनेर नागरिकता दिलाएको खुलासा भएको हो । सिंहका एकजना मात्रै सन्तान छोरा रहेकामा उनले वडादेखि जिल्ला प्रशासन कार्यालयसम्मको मिलेमतोमा युवतीलाई छोरी बनाएर नागरिकता दिलाएको खुलासा भएको हो ।

सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट रूबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएका हुन् । सिंहले नागरिकता दिलाएकी युवती अहिले विदेशमा छिन् ।

जिल्ला प्रशासन कार्यालयको अभिलेखमा २०७५ साउन १३ गते लिइएको नागरिकतामा सिंहले सनाखत गरेका छन् । सनाखतका बखत नागरिकता लिनेको औँठा छापसँगै रुबिनाको तस्विर पनि राखिएको छ । उक्त नागरिकता तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले जारी गरेका हुन् ।

सिंह वीरगंज महानगरको मेयरमा निर्वाचित भएर आएपछि कीर्ते लुकाउन वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मका लिखत नै गायब पारेकोसमेत खुल्न आएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : २१ बजे