‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

घुससहित पक्राउ परेका बुढानिलकण्ठका सब-इन्जिनियर र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब-इन्जिनियर (करार) टिकाराज राईसमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर टिकाराम राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत मंसिर १४ गते सब इन्जिनियर राई र ठेकेदार सुनुवारलाई पक्राउ गरेको थियो।

सहायक प्रवक्ता थपलियाका अनुसार राई र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्मण सम्पन्न प्रमाणपत्र उपबल्ध गराउने प्रयोजनार्थका लागि सेवाग्राहीसँग ८० हजार घुस रकम लिएको पुष्टि हुन आएकाले आरोप-पत्र दायर गरिएको हो।

मुद्दामा राईलाई मुख्य कसुरदार र सुनुवारलाई मतियार बनाइएको छ।

अख्तियारले राईविरुद्ध ८० हजार विगो र जरिवाना र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (२२) बमोजिम आधा सजाय हुन मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : ४२ बजे