दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विश्वकप तयारी : स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौँ– आइसिसी यु–१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक खेलमा स्कटल्यान्डमाथि जित निकालेको छ ।

नेपालले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा १ सय ४९ रनमै समेटियो । बलिङतर्फ नेपालका तिलकराज भण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले १ सय १४ रनको शतकीय इनिङ खेले । दिपक बोहराले नटआउट ५८ रनको योगदान दिए ।

विश्वकपअघि नेपालले स्कटल्यान्डसँग अनौपचारिक खेल खेलेको हो । नेपालले जनवरी १३ मा स्कटल्यान्डसँग र जनवरी १६ मा वेष्ट इन्डिजसंग खेल खेल्नेछ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ४६ बजे