दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

निगमको जहाजमा समस्या

काठमाडौँ – नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाजमा प्राविधिक समस्या देखिएको छ ।

सोमबार काठमाडौंबाट बैंकक जान लागेको निगमको एयरबस ३२० जहाजमा हाइड्रोलिकमा समस्या देखिएको हो ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्राविधिक समस्या आएका कारण अझ एक/डेढ घन्टा समय लाग्ने बताएका छन् ।

उडान नम्बर आरए ४०१ रहेको यो जहाजबाट बोर्डिङ पास समेत पूरा भइसकेको १५० जना यात्रु थाइल्याण्ड जाने तयारीमा बसेका थिए ।

जहाजको समस्या समाधान नभए अर्को विकल्पमा यात्रुलाई उडान व्यवस्थापन गर्ने तयारी भइरहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : १८ बजे