दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्राधिकरणले काट्यो हुलास स्टिलको विद्युत लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ ।

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार काटेको हो । उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ । प्राधिकरणको यो निर्णयले अहिले उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

देशभरका उद्योगी व्यवसायीले लाइन जोडिदिन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : २२ बजे