राष्ट्रपति भवनमा घटस्थापना

बोराभित्र फेला परेका दुई शवको ४६ दिनपछि पहिचान,दुबै भारतीय नागरिक भएकाे पुष्टी

काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई शवको पहिचान खुलेको छ ।

घटनाको ४६ दिन पछि मृतकहरूको पहिचान खुलेको हो । उनीहरु नाताले श्रीमान श्रीमती हुन् । घर भारत भई उनीहरू भरतपुरमा व्यापार गरी बस्दै आएका थिए । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ ।

पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ । चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो ।

घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो । २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १२ : ५१ बजे