सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पाँचौंपटक बंगलादेशको प्रधानमन्त्री बन्दै शेख हसिना

एजेन्सी । पाँचौं कार्यकाल र लगातार चौथोपटक शेख हसिना बंगलादेशको प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ ।

आइतबार बंगलादेशमा सम्पन्न आमनिर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसद्को ३०० सिटमध्ये २०४ सिट जितेको छ । यसपटक कुल २९९ सिटमा मतदान भएको थियो । 

पाँचौंपटक प्रधानमन्त्री बन्न गइरहेकी हसिनाले लगातार आठौंपटक चुनाव जितेकी हुन् । उनले पहिलोपटक सन् १९८६ मा चुनाव जितेकी थिइन् ।

बंगलादेश चुनाव आयोगका अनुसार योपटक निर्वाचनमा ४० प्रतिशत भोट खसेको छ । यद्यपि, यो तथ्यांक परिवर्तन हुन सक्ने आयोगले जनाएको छ । 

सन् २०१८ को आमनिर्वाचनमा ८० प्रतिशत मतदान भएको थियो । त्यहाँ बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) समेत विपक्षी पार्टीले चुनाव बहिष्कारसमेत गरेका थिए । 

हसिना पाँचौंपटक बंगलादेशको प्रधानमन्त्री बन्दैछिन् । उनी सन् १९९६ देखि सन् २००१ सम्म प्रधानमन्त्री थिइन् । त्यस्तै, सन् २००९ मा पुनः प्रधानमन्त्री बनेकी उनी अहिलेसम्म सत्तामै छिन् । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ११ : ५२ बजे