दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सर्वोच्चको फैसलाले स्टिङ्ग अप्रेसन गर्न पाइएन : अख्तियार प्रमुख

रुपन्देही । सर्वोच्च अदालतले गरेको एउटा फैसलाका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको उजुरी आउँदा पनि स्टिङ्ग अप्रेसन गर्न नसक्ने भएको छ ।

आइतबार दाङको देउखुरीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राइले पीडितहरु मालपोत, यातायातजस्ता कार्यालयमा पैसाको लेनदेन भइरहेका जस्ता उजुरी लिएर आफूकहाँ आउने गरेपनि स्टिङ्ग अप्रेसन गर्न नसकेको र स्टिङ्ग अप्रेसनलाई प्रभावकारी बनाउन नसकिएको बताएका हुन् ।

अख्तियारका प्रमुख आयुक्त राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पैसा दिएर, खुवाएर स्टिङ्ग अप्रेसन गर्न मिल्दैन भनेर  सर्वोच्च अदालतबाट फैसला भएको स्मरण गराउनुभएको छ । अदालतको उक्त फैसलाका कारणले गर्दा अहिले मालपोत, यातायात कार्यालयमा कसैले खुलेयाम घुस खुवाइराखेको छ भने पनि सोझै गएर अप्रेसन गर्ने अवस्था आउदैन’, उनले भने, ‘निवेदक स्वयमले आफै‌ पैसा दिन सक्दैन । अख्तियारमा आएर के भन्नुहुन्छ भने हामीलाई पैसा दिनुस् । हामीसंग पैसा छैन । हामी खुवाउँछौं । तपाई पकडिदिनुस् भन्छन् भन्न त । तर, अहिले हामीलाई कानुनी रुपमै त्यो रोकिएको छ ।’

कार्यक्रममा बोल्दै प्रमुख राईले ‘यो संविधानअघि अनुचितको कारबाही गर्ने अधिकार अख्तियारलाई थियो । नयाँ संविधान आइसकेपछि त्यो हटाइयो, अनुचितको कारबाहीको दुरुपयोग भयो भनेपछि संविधानबाटै हटाइयो । त्यसकारण हामीले हेर्दैैनौं । कतिपय प्रक्रियागत त्रुटिहरु, भ्रष्टाचारको तथ्य नै छैन । त्यस्ता केसलाई हामीले कारबाही गर्न सक्दैनौं ।’

अख्तियारमा लुम्बिनी प्रदेश सरकारका बारेमा तीनसय २२ वटा उजुरी परेका छन् । जसमध्ये एक सय ६२ वटा फर्छ्याैट र एक सय ६० वटा उजुरी छानबिनकै क्रममा रहेको जानकारी आयोगले दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ०२ बजे