‘नेशनल डे कन्सर्ट’ सम्पन्न

धनी बन्न सिकाउने पुस्तकका लेखक नै बने अरबौँको ऋणी

काठमाडौँ । गरिबबाट धनी बन्न सिकाउने चर्चित पुस्तक ‘रिच ड्याड, पुअर ड्याड’ का लेखक रोबर्ट कियोसाकी स्वयम्  अरबौँको ऋणमा रहेको खुलासा भएको छ ।

विश्वभर धनी बन्ने शुत्र बाँड्दै हिँड्ने कियोसाकीले हालै आफू १ अर्ब डलरभन्दा धेरै ऋणमा रहेको खुलासा गरेका हुन् ।

उनले आफूले बैकबाट ऋण लिएर सुनजस्ता सम्पत्ति किन्ने गरेको पनि खुलासा गरेका छन् । यतिसम्म कि उनले आफू सिद्धिएको अवस्थामा आफूले ऋण लिएको बैंक पनि समस्यामा पर्ने बताएका छन् ।

पुस्तकमार्फत विश्वभर धनी बन्ने ज्ञान दिएका कियोसाकी आफूले भने बैंकमा नगद जम्मा नगर्ने गरेको पनि खुलासा गरेका छन् । बरु आफूसँग भएको पैसा र ऋणले सुनचाँदी किन्ने गरेको उनको भनाई छ ।

पछिल्लो समय ऋण नहुने कोही नभएको र सबैको चाहना ऋणमुक्त हुने भए पनि ऋण नलिनु वा ऋणमुक्त भएर बाँच्नु भन्ने सल्लाह दिनु खराब भएको कियोसाकीले बताएका छन् । त्यस्तै, उनले आगामी दिनमा बैंकहरु सङ्कटमा पर्ने दाबी गर्दै सुनचाँदी भएकाहरू नाफामा हुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ४४ बजे