दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महत्वपूर्ण फैसला र आदेशहरुको प्रकाशनले आम नागरिकमा सहज पहुँच र फैसलाको गुणस्तरीयतामा अभिबृद्धि हुनेछ : प्रधानन्यायधीश

काठमाडौं । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले महत्वपूर्ण फैसला र आदेशहरुको प्रकाशनले आम नागरिकमा सहज पहुँच र फैसला गुणस्तरीयता अभिबृद्धिमा समेत सहयोग पुग्ने बताउनुभएको छ ।  

सर्वाेच्च अदालतमा आज आयोजित श्रम सम्बन्धी केही महत्वपूर्ण फैसलाहरुको संग्रह विमोचन समारोहमा प्रधानन्यायधीश श्रेष्ठले न्यायमा सहज पहुँच अभिबृद्धिको दृष्टिकोणले समेत महत्वपूर्ण फैसला र आदेशहरुको प्रकाशन महत्वपूर्ण हुने बताउनुभयो ।  

प्रधानन्यायधीशले श्रेष्ठले कानुनमा समाहित भएका नविन अवधारणा र व्यवस्थाहरु समेतको दृष्टिकोणले महत्वपूर्ण देखिएको फैसला र आदेशहरु छनौट गरेर प्रकाशन गर्न सान्दर्भिक हुने बताउनुभयो ।  

समारोहमा श्रम अदालतका अध्यक्ष बासुदेव आचार्यले महत्वपूर्ण फैसला र आदेशहरुको प्रकाशनले आम नागरिकमा सहज पहुँच पुग्नुका साथै र फैसला गुणस्तरीयता अभिबृद्धिमा सउहयोग पुग्ने बताउनुभयो ।  

न्यायधीश आचार्यले महत्वपूर्ण फैसला प्रकाशनले न्यायिक मा कारबाहीमा कार्यविधिगत एवम् निर्णयको एकरुपतामा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।  

श्रम सम्बन्धी केही महत्वपूर्ण फैसलाहरुको संग्रह २०८० भाग २ विमोचन समारोहमा सर्वाेच्च अदालतका न्यायधीशहरु, न्यायपरिषदका सदस्य, न्यायपरिषद्का सचिव, श्रम अदालतका न्यायधीशहरु, सर्वाेच्च अदालतका रजिष्टारहरु, नेपाल बार एशोसिएसनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : २७ बजे