‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

४२ किलो गाँजाको धुलोसहित दुई जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले ४२ किलो ग्राम गाँजाको धुलोसहित दुर्ई जनालाई पक्राउ गरेको छ । 

गएराति पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवन चोकस्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डमा प्रहरीले विशेष सूचनाको आधारमा बा.प्र.०३–००१ च.१५४० नम्बरको पिकअपलाई चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध गाँजाको धुलो ४२ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी महुवनको टोलीले प्लाष्टिकमा टेपले बेरिएको ४२ पोका (४२ किलो) गाँजासहित चालक मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका वडा नम्बर ९ स्यारसे बस्ने ३४  वर्षीय सुमन ब्लोन र पर्साको पटेर्वासुगौली गाउँपालिका वडानम्बर ४ बस्ने ४० वर्षीय बिनोद रामलाई पक्राउ गरेको प्रवक्ता थापाले बताउनु भयो । पक्राउ परेकाहरूलाई  लागु औषध सम्बन्धी कसूरमा प्रहरी हिरासतमा राखी थप अनुसन्धान अगाडी बढाइएको थापाले बताउनुभयो ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ०८ बजे