सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बङ्गलादेश मतदान : छिटफुट झडप, एक जनाको मृत्यु

ढाका । बङ्गलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएका अधिकारीले बताएका छन् । 

आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएकोे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वतन्त्र उम्मेदवारका समर्थकले सत्तारुढ अवामी लिगका उम्मेदवारका समर्थकलाई छुरा प्रहार गरी हत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल एक्सप्रेसले जनाएको छ । 
   
मुंशीगञ्जको सदर उपजिल्लाको मिरकादिमको तेन्गोरमा स्थानीय समयअनुसार आइतबार बिहान ९ः४५ मा स्वतन्त्र उम्मेदवारका समर्थकले पीडितमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । 

ढाका ट्रिब्युनका अनुसार चट्टोग्राममा प्रहरी र बीएनपीका सदस्यबीच झडप भएको छ । कम्तीमा केही बीएनपी सदस्यहरूले बन्दरगाह शहरमा ४८ घण्टा लामो हडताल लागू गर्नका लागि जुलुस निकाल्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो र प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मुन्शीगञ्जका आवामी लीगका समर्थकमाथि मतदान सुरु भएको करिब डेढ घण्टापछि स्थानीय मतदान केन्द्र नजिकै टाउकोको पछाडिको भागमा छुरा प्रहार गरिएको र उनको घटनास्थलमा नै मृत्यु भएको थियो । 
 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : ३९ बजे