झट्टै मलाई सद्बुद्धि देऊ

जाउँ भने कहाँ जाउँ ? अन्त जान मन छैन  

बसुँ भने के'री लत्रुं ? खुट्टा राख्ने ठाउँ छैन

मेरो समेत पाैरखमा ठडिएको आकाश जत्राे

के'री मन थामिन्छ र छोड्नु पर्दा भवन त्यो ! 

 

कसो गरि च्वाट्टै छोडौं ? बैँस संग साटेको घर 

दिन, मास, बर्ष गन्दै सारा जीवन बिताको घर

नसकिने रैछ हिड्न घरल्यै जा, जा भन्दा पनि 

मन मार्छु अव भन्छु, फर्किहाल्छ कोमल बनि l 

 

कति बस्छन् ? कति हिंडे ? कति रुँदै डेरा सरे ?

भन्न त्यसै कहाँ सकिन्छ, काे कसले के के गरे ?

जसले पनि खेदाे गर्ने कस्ताे दशा लाग्यो आजै !

झट्टै मलाई सद्बुद्धि देऊ ईष्ट, मित्र, प्रिय दाजै l 

१४/०६/२०८०, काठमाण्डौ l

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ११ बजे