‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कञ्चनपुरमा युवती हत्या आरोपमा एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा युवती हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–६ की २२ वर्षीय लक्ष्मी खडकाको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका–४ का भेषराज शाही पक्राउ परेका हुन्। खड्का भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा मृत भेटिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्थे।

फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन्। मृतक खड्काका परिवारले शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : ४२ बजे