सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

रेलमा आगलागी हुँदा बङ्लादेशमा चार जनाको मृत्यु

ढाका । बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् । स्थानीय समय अनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा आएको थियो ।

आगलाागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारहरुलाई बताउनुभएको छ ।
 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ५६ बजे