एनपीएलको ट्रफी सार्वजनिक

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

मन्थली (रामेछाप) । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । 

स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

विद्यालयका पूर्व विद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसी भैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रधानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिनुभयो । विद्यार्थीलाई ट्र्याक सुट, जुत्ता, मोजा, स्वेटर र टोपी उपलब्ध गराइएको हो । 

“विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन्, अहिले पोसाकमा एकरूपता आएको छ”, उहाँले भन्नुभयो । प्रधानाध्यापक महतले रु पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थाल्नुभएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एक÷एक थान ऊनीको टोपी उपलब्ध गराउनुभएको छ । 

सो असरमा प्रधानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्व विद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उहाँहरूको सामाजिक कार्यप्रति मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।  रासस

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : १७ बजे