राष्ट्रपति भवनमा घटस्थापना

पाथिभरा(मुकुम्लुङ) मन्दिरबाट संकलित सुनकाे ‘रिफाइन’ सुरु

​​​​​​​प्रसोधन  ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथिभरा(मुकुम्लुङ) मन्दिरबाट संकलित सुन तथा चाँदीलाई रिफाइन (प्रसोधन) गर्न थालिएको छ । तिर्थयात्रीले मन्दिरमा चढाएको सुन तथा चाँदी सदरमुकाम फुङलिङमा प्रसोधन गर्न थालिएको हो ।

पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार ९८ तोला ४१ लाल सुन तथा ९२ किलो ६ सय ५० ग्राम चाँदी र ८६ तोला ९० लाल सुन शुक्रबारदेखि प्रसोधन) गर्न  थालिएको बताउनुभयो ।  

तिर्थयात्रीले २०७६ सालदेखि चढाएको चाँदी चार वर्षमा साढे ९२ किलो बढि भएको रहेछ, लामो समय यसै थन्किएकोले रिफाईन सुरु गरिएको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले बताउनुभयो । १५ महिना देखि संकलित ९८ तोला ४१ लाल सुन चाही रिफाइन पछि सुन चाँदीलाई समितिको निर्णय अनुसार प्रचलित दरमा बिक्रीका लागि प्रक्रिया अघि बढाइने समेत उहाँले जानकारी दिनुभयो । क्षेत्र विकासको कार्यालयमा पाथिभरा सुन चाँदी कला व्यवसायी संघको संयोजनामा स्थानीय सुनचाँदी व्यवसायी मार्फत सुन तथा चाँदीलाई रिफाइन गरिरहेको छ ।  

क्षेत्र विकास समितिका शम्भुप्रसाद गौतमको संयोजकत्वमा सुन चाँदी व्यवस्थापन उपसमिति गठन गरेको छ । संकलित सुन चाँदी समितिले प्रहरीको रोहबरमा लकरमा राख्ने र सरोकारवालाको उपस्थितिमा रिफाइन गर्ने गर्दै आएको छ । 

 पाथिभरा मन्दिरबाट संकलित ६ हजार पाँच सय ३९.७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८.१०० किलोग्राम बराबर घण्टी भण्डारण भएको अवस्थामा रहेको समेत पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ । यता पाथीभरा क्षेत्रमा मङ्सिर मसान्त सम्ममा कुल आठ करोड ४५ लाख ९४ हजार तिन सय ३६ रुपियाँ भेटी रकम संकलन भएको हो । कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार एक सय १० रुपियाँ भेटी संकलन भएको समितिले जनाएको छ । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ४५ बजे