साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

छाडा कुकुरले टोक्दा अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो

नवलपरासी,पश्चिम् । नवलपरासीमा सडकमा भौतारिरहने छाडा भुस्याहा कुकुरको टोकाइबाट स्थानीय त्रसित भएका छन् । अस्पतालमा कुकुरले टोकेर रेबिज विरुद्धको उपचार आउने बिरामीको सङ्ख्या बढ्दै गएसँगै औषधिकोसमेत अभाव हुन थालेकाे छ ।

भुस्याहा कुकुर नियन्त्रणका लागि सम्बन्धित पालिकाहरूले वास्ता नगर्दा सर्वसाधारणहरू बाहिर हिँडडुल गर्दा समेत त्रसित हुनुपरेको स्थानीयको गुनासो छ। हरेक दिनजसो भुस्याहा कुकुरले टोकेका १५/१६  जना बिरामी  अस्पताल जानू परिरहे पनि नियन्त्रणकाे  प्रयास नभएको स्थानीयहरू बताउँछन् ।

 

परासी स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मात्र दैनिक १५ देखि १६ जना कुकुरले टोकेका सर्वसाधारणहरू आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. किरण पाण्डेले जानकारी दिनुभयो । कुकुरले टोकेका सर्वसाधारणको सङ्ख्या बढेपछि अस्पतालमा रेबिजविरुद्धको औषधि अभाव समेत भएको उहाँले बताउनुभयो । 

 

निःशुल्क रूपमा औषधि नपाइएपछि  सर्वसाधारणले महँगोमा औषधि किनेर लगाउँदै आएकोमा दुई दिनअघि मात्र प्रदेश सरकारले पठाएको औषधि आएकाले अहिले निःशुल्क उपलब्ध गराइँदै आइएको डा. पाण्डेले बताउनुभयो । ‘अहिले एक सय एम्पुल आएको छ । बिरामीको सङ्ख्या बढ्ने हो भने यसले  दुई तीन दिन भन्दा धान्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । 

भुस्याहा कुकुरको बिगबिगी बढेपनि नियन्त्रणमा समस्या भएको रामग्राम नगरपालिकाका कार्यवाहक नगर प्रमुख सम्झना चौधरीले बताउनुभयो । उहाँले भुस्याहा कुकुरको नियन्त्रण प्रयास भइरहेको चौधरीले बताउनु भयो । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा भुस्याहा कुकुरको सङ्ख्या बढ्दै जाँदा स्थानीय तहलाई नियन्त्रणको चुनौती थपिएको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ४० बजे