दलित गाउँका पहिलो शिक्षक

स्थानीय तहलाई सोझै दिने २० करोड सहयोग भोलि महँगो हुन्छ : नेता बास्कोटा

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले भारतीय दूतावासले सोझै स्थानीय तहलाई दिन सक्ने २० करोडको सहयोग भोलिका लागि महँगो हुने बताउनुभएको छ । 

सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको विरोध गर्नुभएको हो । 

बिहीबार नेपाल र भारतबिच २० करोडका योजना स्थानीय तहलाई भारतीय दूतावासबाट सोझै दिन सकिने सम्झौता भएको थियो । त्यसको नेपालमा विरोध भइरहेको छ । 

नेता बास्कोटाले सामाजिक सञ्जालमा लेख्नुभएको, ''चुनावताका साथीहरूले मच्ची–मच्ची नारा भट्याए खोलीखेत जोगाउने तटबन्धनले, देश भत्काउने गठबन्धनले भनेर । सोह्रै आना ठिक रहेछ त्यो कुरा । भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणको ठुलो उपलब्धि भनिएको स्थानीय तहलाई करिब सोझै दिन सक्ने बिस करोडको सहयोग भोलिका लागि धेरै महँगो हुने प्रबल सम्भावना छ।''

 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ११ : २३ बजे