दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हाइसको ठक्करबाट बाँकेमा साइकल यात्रीको मृत्यु 

बाँके। बाँकेमा हाइसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । 

बिहीबार साँझ साढे ६ बजे तिर हाइस गाडीले ठक्कर दिँदा हुलाकी राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ धामपुरमा साइकल यात्री राप्तीसोनारी -४ बुद्धचोक निवासी ४५ वर्षीय मंगरु थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थारुलाई दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको भे१ख ४१३६ नम्बरको हाइस गाडीले ठक्कर दिएको थियो । विपरीत दिशाबाट आइरहेका साइकल यात्री थारुलाई हाइस गाडीले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेकोमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : २९ बजे