सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्र : प्रधानमन्त्री सुनक

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यस वर्षको मध्यपछि मात्र चुनाव हुने सम्भावना रहेको बताउनु भएको छ । पछिल्लो समय बेलायतमा  मतदानको मितिको बारेमा अड्कलबाजी बढ्दै गएको छ।

प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी  सन् २०१० देखि सत्तामा छ ।  सो पार्टी जनवरी २०२५ को अन्त्यसम्म बहुप्रतीक्षित आम चुनावको परीक्षणको पर्खाइमा पनि छ । 

सन् २०२२ अक्टोबरमा पार्टीको आन्तरिक भोटमा टोरी नेता बनेका सुनकले अन्तिम समयसम्म जनादेश सुरक्षित गर्ने प्रयास गर्ने अन्तिम मिनेटसम्म नछोड्ने सङ्केत गर्नु भएको छ ।  

मध्य इङ्गल्याण्डको म्यानफिल्डको भ्रमणका क्रममा उहाँले यस वर्षको पछिल्लो ६ महिनाभित्र चुनाव गराउने आफ्नो प्रतिबद्धता रहेको बताउनु भएको  छ । विगत १४ वर्षमा पाँच नेता र प्रधानमन्त्री भएका टोरीजले केयर स्टाररको मुख्य विपक्षी लेबर पार्टीलाई सत्ता हस्तान्तरण गर्दै चुनावमा हार्ने अनुमान गरिएको छ।

सत्तारुढ कन्जरभेटिभहरूलाई सन् २००८ को विश्वव्यापी वित्तीय समस्या, त्यसपछि उच्च मुद्रास्फीति र ऊर्जा मूल्यको अस्थिरता आदि कारणले गम्भीर धक्का दिएको छ ।

सम्भावित चुनावको मिति मे २ वा मार्च ६ हुन सक्ने र ती मिति स्थानीय  चुनाव र बजेटको मिति आसपास हुने हुनाले सत्तारूढ दललाई मतादातालाई आकर्षित गर्न लोकप्रिय कार्यक्रम ल्याउन अनुकूल हुन सक्ने सुझाव पनि दिइएको छ ।

पूर्व अर्थमन्त्री समेत रहेका सुनकले अर्थतन्त्रलाई राम्रोसँग व्यवस्थापन गर्न र जनताको कर कटौती गर्न आवश्यक कदम चाल्ने उल्लेख गर्नु भएको छ । रासस-एएफपी

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ३४ बजे