राष्ट्रपति भवनमा घटस्थापना

अब सर्वसाधारणले सन्ध्या आरतीको भिडियो खिच्न नपाउने

​​​​​​​काठमाडौँ – पशुपतिनाथको बाग्मती किनारमा हुने सन्ध्या आरती, दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।

ठेक्का लागेसँगै अब सर्वसाधारणले फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा त्यस्ता भिडियो राखिएको पाइए कारवाही हुने भन्दै आज एक सूचना जारी गरिएको हो ।

 बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा उक्त क्षेत्रको भिडियो खिच्ने ठेक्का लिएको छ ।

पशुपति क्षेत्र विकास कोषबाट स्वीकृति लिएको बुढासुब्बा डिजिटल प्रा. लि. ले राखेको सूचना अनुसार बाग्मती किनारमा हुने गंगा आरती तथा कोर क्षेत्रमा दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरेको छ ।

बाग्मति किनारमा हुने सन्ध्या आरती हेर्न हजारौं भक्तजन साँझका बेला पशुपतिनाथको मन्दिर पुग्ने गरेको र भिडियो खिच्ने गर्दै आएपनि अब देखी तेस्तो कार्य गर्न सर्वसाधारणलाई बन्चित गरिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ८ : २३ बजे