राष्ट्रपति भवनमा घटस्थापना

नेपालले बनाएको स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

काठमाडौं । नेपालले बनाएको स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने भएको छ। काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपालमा बनेको स्याटलाइटलाई प्रक्षेपण गर्ने विषयमा सहमति भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपालमा बनेको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्ने विषयमा सहमति भएको बताए। 'नेपालले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने विषयमा बैठकमा सहमति जुटेको छ। छिट्टै नेपालको स्याटलाइट प्रक्षेपण गर्नेछौं,' उनले भने।

बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ। जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन्।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : २१ बजे