काठमाडौं। संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
धार्मिक भावनामा आँच पुर्याएको भन्दै जिल्ला प्रहरी परिसर टेकुमा काठमाडौंका ध्रुवराज लुइँटेलले जाहेरी हालेका हुन् । लुइँटेलले हुलाकमार्फत् जाहेरी पठाएका थिए ।
पुसको पहिलो साता मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्म मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देश द्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भन्ने अभिव्यक्ति दिएका थिए ।

क्रिश्चियनबाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचार गरेको भन्दै उनीमाथि जाहेरी परेको हो । उनले क्रिश्चियन धर्म नमान्नेलाई देशद्रोहीको संज्ञासमेत दिएका थिए ।
जाहेरीमा मन्त्री किरातीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरिएको छ ।
प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार ४ : ५५ बजे
प्रतिक्रिया