‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

मोरङ । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-१० त्रिवेणी चोक बस्ने ५५ वर्षीय पदम मगर रहेका छन् । 

उनलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । पदमले ती बालिकालाई मङ्गलवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १२ : ३३ बजे